तर यथार्थ के हो भने— परीक्षा दिने १५ - २० हजारमा नाम निस्किने केही सयको मात्रै हो। नाम ननिस्कँदा जीवनै सकियो कि जस्तो लाग्छ, तर त्यस्तो पटक्कै होइन।
१. इन्स्टिच्युटको विज्ञापनको सच्चाई
चोक-चोकका होर्डिङ बोर्डमा १ देखि १० भित्र परेका तिनै ५ जना विद्यार्थीको फोटो १० वटा इन्स्टिच्युटले "हाम्रै मान्छे हो" भनेर टाँस्छन्। इन्स्टिच्युटले कक्षा र किताब बेच्छन्, नाम निस्किने ग्यारेन्टी कसैले दिँदैन।
२. समाजको दबाब र Guilt
आफन्तको एउटै प्रश्न— "अनि CEE मा के भयो त?" ले विद्यार्थीलाई घरबाहिर निस्कन पनि डर लाग्ने बनाउँछ। ३ घण्टाको परीक्षामा गोलो लगाउन नसक्दैमा तपाईँ कमजोर हुनुहुन्न। यसले तपाईँको क्षमता र भविष्य तय गर्न सक्दैन।
३. अब के गर्ने? (पढ्न सकिने विकल्पहरू)
CEE मा नाम ननिस्कँदैमा बाटो सकिँदैन। तपाईँसँग यी उत्कृष्ट विकल्पहरू छन्:
IT Courses: BSc CSIT, BIT, BCA
Pure & Applied Sciences: Biotechnology, Microbiology, Biochemistry
Health & Allied Sector: B.Pharmacy, BPH (Public Health), Nursing
मुख्य जरो: अरूको कुरा सुन्नु
तनावको एउटै कारण हो हामी आफूलाई के मन पर्छ भन्दा पनि अरूले के भन्छन् भन्नेमा बढी ध्यान दिन्छौँ।
समाजले भन्यो: "डाक्टर नबने इज्जत जान्छ।"
आफन्तले भने: "नाम ननिस्के केही हुन्न।"
अरूको कुरा सुन्न छाडिदिनुहोस्। CEE मा नाम ननिस्कनु असफलता होइन, यो त BSc CSIT, BIT वा अन्य राम्रा क्षेत्रतिर पाइला चाल्ने एउटा नयाँ मौका मात्रै हो।

